Saturday, August 1, 2009

डिजी समाचार र मेरो अनुभूति

सुस्मा थुलुङ राई
म मलेसिया आइपुगेको भर्खर एक महिना मात्र भयो । मलेसियामा नेपालीहरुको यत्रो विशाल संसार रहेछ भन्ने मलाई थाहै थिएन । मलेसिया टेकेकै दिन नेपालीहरुको मुख्य बजार कोताराया टेक्न पाएँ । त्यहाँको नेपालीको जमघट देखेर मलाई विदेश होइन नेपालकै कुनै जिल्ला गएको जस्तो अनुभव भएको थियो । मलेसिया आउनुपूर्व मलाई मलेसियाको डिजी कार्ड नेपालमै प्राप्त भएको थियो । एक्लो छोरीमान्छे मलेसिया आइरहेको कारण समस्या नहोस् भन्नको खातिर यहाँदेखि मलाई कार्ड पठाइएको थियो । जब मैले नेपालको एयरपोर्ट छाडेँ तत्कालै मैले मेरो मोवाइलमा डिजी कार्ड इन गरेको थिएँ । तसर्थ डिजीबारे त्यो पाँच घण्टाको अवधिमै भरपूर ज्ञान लिएँ ।
क्वालालम्पूर एयरपोर्ट आइपुग्ने वित्तिकै मेरो मोवाइलले नेटवर्क लियो । मैले सम्बन्धित ठाउँमा कल गर्न सकेँ । बिहानको ५ बजे अध्यारो नै हुने रहेछ । म सम्पर्कमै रहिरहेको थिएँ । तापनि सम्बन्धित ठाउँबाट मलाई लिन १२ बजेतिर मात्र आइपुगे ।
सात घण्टाको अवधिमा डिजीबाट आउने एसएमएसहरुको अध्ययनमै बित्यो । कतिपय मले भाषामा आउने एसएमएसहरु चाही अध्ययन गर्न सकिन । त्यो भन्दा लगायत वर्थ डे बोनसको बारेमा विभिन्न मुलुकमा कल गर्नको लागि लाग्ने शुल्कको बारेमा ति एसएमएसहरुबाट जानकारी लिन सक्षम भएको थिएँ । जब मलाई लिन आउने प्रतिनिधिले मलाई एक्लै क्वालालम्पूर पठाउने कुरा गर् यो पहिलो पटक मलेसिया आएको मान्छेले कहाँ कसरी जाने अन्यौल हुन स्वभाविक थियो । तर अगाडि नै डिजी कार्ड भएको कारण आटिलो भएँ । र हुन्छ भनिदिए । उसले केएलआइए एक्स्प्रेस रेलमा चढाएर पठायो । ठीक पैतिस मिनेटपछि म केएल सेन्ट्रल आइपुगेँ । सम्पर्क आदानप्रदान भइरहेको कारण त्यहाँ मेरा आफन्तजनहरु मेरो प्रतिक्षामा रहेका थिए । सम्पर्कको कारण जुनसुकै ठाउँमा पनि पुग्न सकिने रहेछ भन्ने अनुभूति भयो ।
मैले मेरा आफन्तजनहरुलाई भनेँ -मलाई डिजीबारे थोरबहुत जानकार भयो ।
मेरा आफन्तजनहरुले भनेँ -डिजीले नेपाली भाषामा समाचार पनि दिन्छ नि । लौ तिम्रो मोवाइलबाट १३१२२२ डायल गर त !
भनेपछि मैले दाबेँ । साँची नै नेपाली महिला स्वर आयो -डिजीले समाचारको सत्यता जाँच्दैन…॥ । अनि निर्देशनअनुसार मैले १ दाबेँ । र नेपाली समाचार सुने ।
यो समाचार सुनाईले त झन मलाई विदेश पुगेको रत्तिभर लागेन । नेपालमै छु भन्ने भयो । किनभने अहिले नेपालमा पनि नेपाल टेलिकम अथवा मेरो मोवाइल कम्पनीले वितरण गरेको सिमकार्डमा फोन सम्पर्क गर्दा व्यस्त भए तपाईले सम्पर्क गर्नुभएको नम्बर अहिले व्यस्त छ स्वीच अफ भए स्वीच अफ गरिएको छ केहीक्षणपछि पुनः प्रयास गर्नुहोला सम्पर्क नभए सम्पर्क हुन सकेन भन्ने जानकारी दिन्छ । त्यस्तै लाग्यो यो डिजी मोवाइलबाट सुन्न सकिने नेपाली समाचार पनि ।
समाचार सुनिसकेपछि समाचारबारे केही कुरा गर्न मन लाग्यो । मलेसियामा रहेका नेपालीहरु धेरै भाग्यमानी रहेछन् । आफ्नो मोवाइलबाट सिमित शुल्कमा पुरै नेपालभरीको समाचार सुन्न पाइने रहेछ । नेपालभित्रै रहँदा कतिपय समाचार सुन्नै पाइँदैन । एउटा जिल्लामा रहेको मान्छेले अर्को जिल्लाको समाचार सुन्न रेडियो पत्रिका टेलिभिजनको सहयाता लिनुपर्दछ । मोवाइलबाट एफएम सुन्न सकिन्छ । तर समाचारभन्दा पनि गीतहरु सुन्न बढि प्रयोग गरिएको पाएको छु । मोवाइलमा गीतहरु भण्डार त जहाँ पनि गरिएको हुन्छ । तर पुरै एफएम सुन्नको लागि मोवाइल प्रयोग गर्नुभन्दा यस्ता छोटो छोटो समाचार प्रशारण गर्दा ज्यादा प्रभावकारी हुने रहेछ भन्ने लाग्यो । सुनेकी थिएँ -विविसि नेपाली सेवा पनि १ मिनेटबाट शुरु गरिएको रे । १ मिनेटबाट शुरु गरिएको विविसि आज संसारभरका नेपालीहरुलाई एकदिन पनि नसुनी चित्त बुझ्दैन । यो समाचार सेवाले दिएको प्रभाव हो । मलेसियामा रहेका तमाम नेपालीहरुमा के कति प्रभाव पार् यो त्यो त म यकिनका साथ भन्न सक्दिनँ किनभने म नयाँ छु । तर पनि केही न केही प्रभाव पारेकै हुनुपर्छ । तसर्थ अहिले तीनमिनेटको समयमा प्रशारण भइरहेको यो समाचारले भोली विविसीको स्वरुप नलेला भन्न सकिन्न ।
अब यस समाचारको साथमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सन्देश चुटकिला विज्ञानप्रविधिका कुरा अवसरहरुबारे जानकारी दिनसके यसको उपयोगिता अझै बढ्थ्यो । दिनभर काम गरेर बेलुका थकान महसुस गरिरहेकै बेला नेपाली ताजा समाचार सुन्नपाउँदा उसलाई कति आनन्दभोर हुँदो हो । अझै त्यसमा मनोराजनात्मक सामाग्री थपिदिए नेपाली श्रमिकहरु दाजुभाई तथा दिदीबहिनीहरु कहिलै थाक्ने छैनन । उनीहरु नथाक्नु भनेको नेपालको श्रीवृद्धि हुनु हो । उनीहरु थाकेनन् भने कामको मेलो राम्ररी सर्छ । कामको मेलो सरेपछि आम्दानी बढ्छ । आम्दानी बढेपछि आशातीत उसको परिवारमा खुशीयाली छाउँछ । हवस् त मेरो यो छोटो अवधिमा यतिका कुरा मात्र बुझेकी छु । नराम्रा पक्षभन्दा राम्रा पक्षमात्र भेटेकी छु । शायद महिनादिन मात्र भएकोले होला । आउँदा दिनहरुमा पनि सुनेर राम्रा नराम्रा पक्षलाई उजागर गर्ने नै छु । मलाई लागे जस्तै तपाईहरुलाई लागेको हुनसक्छ । तसथै समाचारको बारेमा आपुूलाई लागेको जिज्ञासा यति लेखिदिएँ । नमस्कार ।
सुनसरी हाल : मलेसिया

1 comment: