Friday, August 28, 2009

डिजी समाचारले पारेका प्रभाव

सुस्मा थुलुङ राई
म नेपालमा छँदै बनेको च्याट साथी मलेसियाकै क्वालालम्पूरमा रहनुभएको रहेछ । साथी लिम्बू भएको नाताले हामीले एकआर्कालाई लुाको रुपमा सम्बोधन गर्न थालेका छौ । अनि मलेसियामा पनि च्याटिङ चलिरहेको बखत उहाँले आपुनै कम्पनी भएको दुर्घटना सुनाउन भयो । पानीजहाजमा काम गर्ने साथीहरु भएको हुनाले त्यहाँ त्यस्ता दुर्घटना भइरहने पनि बताउनु भयो । पोर्टकेलाङ एउटा ठूलो जक्सन रहेछ भन्ने थाहा हुन पुग्यो । त्यहाँबाट इण्डिया इण्डोनेशिया िसंगापुर कोरियालगायत थुप्रै देशहरुबाट पानीजहाज रोकिने गर्दोरहेछ । साथीहरुको काम चाही आएकोबाट सामान झार्ने र जाने जहाजमा सामान लोड गर्नुपर्ने रहेछ । ठूला ठूला सामानहरु लोड गर्नु झार्नु परेको कारण क्रेनको सहयाता लिनुपर्ने रहेछ । त्यही क्रेनले ठक्करले लुङाका एक तामाङ साथीको घटनास्थलमै मृत्यु भएको रहेछ ।
यो सुनेपछि मेरो मन ढक्क फुल्यो । सँगै रहेका भाई सुन्दर आलेले पनि पुराना कथाहरु भन्नुभयो कि पहिले टेक नाम्जाली मगर भन्ने साथीलाई त्यही क्रेनले ठक्कर दिएको रहेछ । भाग्यवस उनी बाँच्न सफल चाही भएछन् । मैले मलेसिया आउनसाथ डिजी समाचारबारे आफ्नो अनुभूति लेखेकी थिएँ त्यसैको आधारमा लुङाले मलाई समाचारको लागि आग्रह गर्नुभयो ।
म समाचारदाता त थिइनँ । अब कसरी प्रशारण गर्ने तथापी सबै कुरा भने टिपी राखे । फोटो चाही हेर्न सकिनँ र क्या_िन्सल गरिदिए । डिजीमा प्रशारण हुने आइभीआर समाचार टिमका केहीलाई मैले चिनेका थिएँ । उहाँहरुलाई मैले टिपेका कुराहरु दिए । समाचार प्रशारण भयो । समाचार सुनेपछि लुङासँग लामो कुरा भयो । यस्तो विपत्ती भोली त्यहाँ काम गर्ने सबैमा आउनसक्ने कुरा उहाँले गर्नुभयो । त्यसरी विपत्ती आइरहे नेपालीहरुको मरण बढ्ने पनि निश्चित थियो । तसर्थ लुङाहरुले धर्ना दिएपनि दिएछन् । धर्ना दिनेजतिलाई नेपाल पठाइदिने धम्की पनि भएछ । लुङाहरुले पनि पठाउने भए सबैलाई पठा राख्ने भए सबैलाई सुरक्षित राख भन्ने खालको अभिव्यक्ति दिएछन् ।
अहिले त्यो घटना सामान्य नै रहेको लुङाबाट सुनिरहन्छु ।
म सोचिरहेको छु । नेपालीहरुमा त्यस्ता विपत्ती हुनु । कसरी त्यस्ता विपत्तीहरुलाई निर्मुल पार्न सकिन्छ भन्नेतर्फ पनि मन खेलेको थियो । मलेसियामा धेरै पत्रिकाहरु पनि निस्कदा रहेछन् । मिडियाले राम्ररी पेलेको रहेछ । त्यहीमाथि डिजी समाचारको बेग्लै प्रभाव भएको ठाउँमा पक्कै यस्ता जनचेतनामुलक ज्ञानहरु छर्न सकिन्छ भन्ने लाग्यो । नेपालीहरुको निमित्त यि सूचनाहरु प्रवाह गर्न सकिन्छ । जस्तो कि नेपालीहरुले नेपालमै कुनै काम सिकेर आएका हुन्नन् । विदेशमा आएपछि सोच्नै नसोचेको मेसिनहरु चलाउन पर्छ । चलाउँदा भुलवस यस्ता दुर्घटनाको शिकार हुनजान्छ । नेपालमै सिक्ने वातावरण नभए पनि मलेसिया आइसकेपछि नेपालीहरुले विस्तृत जानकारी अगाडि लिएर काममा छिर्दा उपयुक्त हुन्छ । त्यसको लागि यस्ता सूचना प्रवाह गर्ने माध्यमहरुको प्रयोग गर्न सकिन्छ ।
तीन मिनेटमा नेपालको मुख्य समाचार प्रशारण गर्ने डिजी समाचारमा १० सेकेण्डका यस्ता सन्देशहरु राख्न पाए धेरै नेपालीहरुलाई राहत पुग्ने मैले महसुस गरेँ । कामको शिलशिलामा एकछिन थाकेर बसेको बेला लौ नेपालमा के भएछ भनेर आइभीआर समाचारको १३१२२२ डायल गर्दा त्यस्ता सन्देश आएपछि केही न केही सोच्न बाध्य गराउँछ । सतर्क हुन्छ । अनि फलाना ठाउँमा यस्तो भएछ लौ नेपालीहरुले जोगिएर काम गरौ भन्ने एकार्कामा कुराकानी हुन्छ । साथै डिजी समाचारले मलेसियाका विभिन्न फ्याक्ट्री फ्याक्ट्रीमा गएर यस्ता पीडाहरु पनि समेटिए धेरै राहत हुने कुरा मैले बुझेकी छु । राम्रो सन्देशको लागि डिजी समाचारले पनि सबैको सामू पुग्नु कुन चाही ठूलो कुरो हो र ?
सुनसरी
हाल : क्वालालम्पूर मलेसिया

No comments:

Post a Comment