Wednesday, July 29, 2009

पहिलो अनुभूित


म अहिले मलेसियामा आइपुगेको छु । यहाँकै एक शैक्षिक संस्थामा अध्ययनरत रहेको छु । मलेसियामा आएर त्यतिधेरै त म घुमेको छैन । तैपनि कुच्चाई लामा दमनसारा केएलसीसी बुकित बिन्ताङ सेतीया जया र सनवे लगुन आदि ठाउँहरु घुमेको छु । सनवे लगुन मलेसियाको धेरै चर्चित पर्यटकीय स्थल हो । जहाँ म छिट्टै घुम्ने मौका पाएँ तर स्वीम गर्दा भने झण्डै डुबेँ एउटा अमेरिकन नागरिकले मलाई बचायो । त्यो मेरो मानसपटलमा रहिरहेको छ । मलेसिया आएपछि मलाई ब्लगिङ गर्ने रहर आयो । र, आजैबाट मैले यो ब्लग सन्चालन गर्न थालेको छु । हेरेर प्रतिकि्रया दिनुहोला । मलेसियाका मेरा प्रत्येक भोगाईहरु प्रस्तुत गर्दै जानेछु ।

नमस्कार

नमस्कार सबैजनालाई । यो दुनियामा म पनि नयाँ ब्लग लिएर झुल्किएको छु । सहयोग गर्नुहोला ।