Friday, November 6, 2009

मेरो विदेश यात्रालाई संक्षेपीकरणमा लेख्दा

साँच्चै नै सबैको विदेश पढ्न जाने मोह अनि सुनिन्थ्यो विदेश पढ्न जाने ।
त्यसबेला गाउँघरमा आफुभन्दा ठूलो दाजु दिदीहरु विदेश पढ्न गए रे यो सुन्दा लाग्थ्यो मलाई पनि यो विदेश पढ्न जाने ठाउँ कस्तो होला म पनि कसरी जान सक्छु कसरी विदेश पढ्न जाने होला सायद विदेश पढ्न जान पाए स्वर्गको अनुभूति भएजस्तो हुन्थ्यो होला भन्ने मनमा हुटहुटि चल्थ्यो ।
लाग्छ त्यसबेला म १० कक्षामा अध्ययन गर्दै थिए । म त्यसबेला एसएलसीको तयारीमा थिए । समय वित्दै गयो र हाम्रो एसएलसी परिक्षा पनि सकियो । तीन महिनाको प्रतिक्षापछि हाम्रो एसएलसीको नतिजा प्रकासित भयो । बिहानै रेडियोले समाचार प्रसारण गर् र्यो आज एसएलसीको नतिजा प्रकाशित भयो ।
अ हो एसएलसीको नतिजा प्रकाशित भयो भनेपछि समाचारतिर अलिक ध्यान मोडे । अब भने मनमा एक प्रकारले त्राह उत्पन्न भैरहर् यो । अब के भइने होला के हुने हो
तराईको सुनसरी जिल्ला प्रकाशपुर गा.वि.स. सुगम जिल्ला भएता पनि संचारको गतिविधि अलिक कम पाइन्थ्यो । अहिलेको जस्तो फोनबाट अनि इन्टरनेबाट रिजल्ट हेर्ने सक्ने स्थिति थिएन । स्कूलमा धेरै पछि मात्र 'गोखाप' पत्रिका आउने भएको हुँदा र त्यसबेलाको कौतुहलता मेटाउनलाई मेरो धरानमा वस्ने साथि र काठमाडोंमा हुने दाईलाई मैले तत्काल फोन गरे । र मैले मेरो सिम्बोल नम्बर र आल्फावेट टिपाए । साँच्चैने उहाँहरुले तिमी second division मा पास भयौं भन्ने जानकारी दिनुभयो । साच्चै मेरो खुशिको शिमा रहेन लाग्छ कहाँ पुगे जस्तो भए । त्यसपछि अहिले नै क्याम्पस पढ्न गाइहालु जस्तो एक प्रकारको लहर चल्यो । त्यसपछि मैले क्याम्पस भर्ना गरे । धरानको महेन्द्र बहुमुखि क्याम्पसमा भर्ना भए । यसै पढ्ने क्रममा हरेक कुरामा निपुर्ण हुन मन लाग्यो । क्याम्पस साथ-साथै कम्प्युटर सिक्न गए language Institute धाए । म अलिक कम्प्यूटरप्रति बढि खिचिएछु । जहाँ कम्प्यूटर Institute कम्प्यूटर सिक्दा सिक्दै मलाई त्यहि पढाउने मेरो सर अनि मिसहरुले कुरा राख्नु भयो । र यो अवसरलाई मैले पनि गुमाउन चाहिन र मैले Diploma Graphic Designing सम्बन्धि २ महिने कोर्ष र Accounting Tally र Access Query प्रोग्राम १ बर्ष सिकाए । कम्प्यूटर सिकाउने र आफु पनि पढ्ने नयाँ नयाँ Version मा आउने कम्प्यूटर Programme पढ्दा पढ्दै क्याम्पसको पढाइलाई राम्रो बढाउन सकिन । र अब चै मैले फेरि राम्ररी पढ्नको लागि काठमाडौंको पाटन क्याम्पसमा भर्ना भए । भने जस्तो सजिलो त कहाँ हुँदोरहेछ । काठमाडोंको बसाईसँग राम्रो पढाईको आस नगरे हुने रहेछ । घरबाट पढाईदिएको पैसालेमात्र काठमाडोंको बसाइलाई धान्न अलिक गाह्रो हुने भो । हुन त काठमाडौंमा मेरो मामाघरमा बसेर पढ्ने सल्लाहा पनि नदिएको होइन । मामा घर नै भएपनि यसरी आफन्तको घरमा बसेर पढ्ने भन्ने मेरो मनले तेति चाहेन र म आफैमा सवल हुन चाहे । ममा कम्प्यूटर सम्बन्धि ज्ञान भएको हुनाले गर्दा तत्काल दुईठाउँमा जागिर खान थाले । कुपोण्डोल स्थित जोनिथ Jenith Engineering Institute र बेलुका हप्तामा मैले हप्तामा मैले एउटा छहरा साप्ताहिक पेपरमा काम गर्न थाले । कामको मोह कामलाई समाःनु पर्दाखेरि फेरि पढाइलाई निरन्तरता दिएर अघि बढाउन सकिन । त्यहि पनि केहि गर्नुपर्छ भन्ने सोचले अघि बढे म । मेरो पुरानो सोच विदेश पढ्न जाने सपनालाई फेरि साकार पार्ने उदेश्यले पढ्नको निमित्त सोच बनाए । आफैले धान्न सक्ने सुहाउदो किसिमको विदेश अध्ययन गर्नको लागि मलेसियालाई रोजे । मलेसियामा पढ्न आउन सजिलो र चाडो भिषा मिल्ने भएको कारण पनि मैले धेरै लामो दिन कुर्नु परेन । लगभग Process चालेको दुईमहिना मै मलेसिया आउन सफल भए । सम्पूर्ण भिषाहरुको काम सकिएपछि म No Objection Letter लिन शिक्षामन्त्राल केशरमहल गए । त्यहाँ लामो लर्कामा लाइन लागिरहेका धेरै नेपालीहरु विभिन्न विकसित मुलुक देशहरुमा पठ्न जानको लागि No Objection Letter लिन लाईनबद्ध थिए ।
त्यति लामो अनि तेति धेरै नेपालीहरुमाँझ मलेसिया पढ्न जाने विद्यार्थि म मात्र थिए त्यहि पनि छोरि मान्छे । त्यहाँ सबैले मलाइृ मलेसिया पढ्न जान के कस्तो हुन्छ भनि सोध्थ्ये । मलाई पनि कस्तो हुन्छ थाहा त थिएन तै पनि आफैलाई कति न जाने बुझे मलेसिया पुगे जस्तो गरि भनिदिएछ । राम्रो नै हुन्छ जे होस राम्रो नै पठाई हुन्छ अरे । त्यसपछि २÷३ घण्टाको कुराईपछि शिक्षामन्त्रालयले मलाई No Objection Letter दियो । मलेसिया कलेजले दिएको Approval Letter सहित म काठमाडौं स्थित मलेसिया Embassy मा गए । सबै प्रकृया पुरा भएकोले गर्दा मलाई भिषा दियो ।
भिषा पाईसकेपछि म मलेसिया जाने दिन नजिकिदै गयो । म तयारिमा लागे । म परवारसँग विदावारि भई 2009 July 3 तारिक मलेसिया प्रस्थानको लागि म घरबाटद हिडे । मलाई एयरपोर्टसम्म पुर् याउनको लागि बहिनी, भाउजु र भाई आएका थिए । रातको ११ः३० बजे मेरो फ्लाईट थियो । मेरो बोइङ पासको लागि अलिक छिट्टै नै लाइनमा उभिए । भित्र चै यात्रुलाई मात्र पस्न दिने हुनाले गर्दा मलाई पुर् याउन आउनुहुने सबेजनासँग विदा मागे । र मैले बोइङ पास लिए । र माथिल्लो कक्षमा रहेको यात्रु जाँच कक्षमा फर्म भरेर लाइन by लाइन उभिए म । सबे जना यात्रुहरु एक-एक गरेर छिरे । र मेरो पालो आयो त्यहाँ चाहिँ मेरो सबे Document हरु हेरेर Bank Balance कति छ मलेसिया पनि पढ्न जान्छन् र भन्ने अनाहक प्रश्न सोधेर हैरान पारे । त्यसपछाडि अर्को जाँच बुझ कक्षमा लगेर चै अनि मात्र प्रस्थानको निमित्त मलाई अनुमति दियो । र अन्त्यमा ति कर्मचारिहरुले पनि राम्ररी पढेर आउनु होला तपाईको पढाई राम्रो होस् र पछि यो Business Course सकाएर आएपछि नेपालमा पनि राम्रो Business राम्रो गर्नुहोला भनेर राम्रो सल्लाह सुझाव दिए । त्यसपछि म प्लेन चढ्नको लागि ढोका अगाडिको प्रतिक्षालयमा बसे । त्यहाँको ठिक समयपछि मलेसियाको लागि प्लेन उड्ने तरखर गर्न थाल्यो । मलाई डर लाग्यो म ठूलो वोइङ चढ्दैछु त्यहि पनि अन्तर्राष्ट्रिय उडानको लागि । प्लेन उड्यो प्लेन उडेपछि पाँच घण्टाको लामो उडानपछि Kuala Lumpur International Airportमा अवतरण गर् र्यो ।
म मलेसिया होसियारिसाथ आएथे । म मलेसिया आउन साथ मलेसियाको सिमकार्ड नेपालमा नै प्राप्त गरिसकेको थिए । सिमकार्ड भएको कारणले गर्दा खेरि मेरो सम्वन्धित मान्छेसँग सम्ँपर्क हुन सफल भएता पनि College ले भने मलाई Office Time मा मात्र लिन आयो । Airport भित्र सात घण्टाको कुराईमा मैले त्यहाँ धेरै नेपाली दाजु भाईहरुलाई आफ्नो सम्बन्धित कम्पनिबाट लिन नआएको देख्न पाए । खर्च नभएर छटपटाईरहेको ति त भोक भोकै बसि Bathroom को पानी समेत पिएर एजेन्टले लिन आउने आशामा दिन हैन महिनौसम्म विताई रहेका थिए । मैले नेपालबाट फोन बोकेर आएको हुनाले मेरो सिमकार्ड Active भयो । त्यसपछि मेरो फोन मागेर धेरै ठाउँमा फाने गरे । कसैले नेपाल एजेन्टलाई फोन गरे । र यसै फोनगर्ने क्रममा एकजना आधि बैसे दाईले नेपाल स्थित एजेन्टलाई फोन गरेर गालि गरिरहेको थियो र उसले भन्दै थिए कि 'मेरो घरमा अब बर्खि बारेर बस्नु भनेर सुनाईदिन' यो शब्दले मलाई अति नै छोयो के गर्न सक्थे र म । उनको भनाई अनुसार Airport भित्र बसेको एक महिना भैसकेको रहेछ । मलेसियामा ऐजेन्ट एजेन्टबिचको आपसि लेनदेन नमिल्दा यसरी विनासितिमा दुःख पाउनुपर्दो रहेछ । नेपाली दाजु भाई अनि दिदि बहिनीहरुले । र मैले नेपाल देखि नै नेपाली हजार रुपैया मलेसियन रिङ्गिट साटेको थिए । करिब पैतालिस आर। एम। जति मलेसियन पैसा थियो । साथै मैले नेपालदेखि चाउचाउ विस्कुट र पानी बोकेको थिए । त्यो चाउचाउ र विस्कुट पानी बाडिदिए र म सँग केहि रिङ्गिट पैसा पनि दिए । उनिहरुले मलाई धन्यवाद दिए । उनिहरुले भनिरहेका थिए आज हप्तादिनको खालि पेट भर्न पाएको छौं । मलाई लाग्छ अहिले ति दाजु भाईहरु कहाँ छन् थाहा हुन सकेको छैन ।
यतिकैमा मलाई मेरो College ले लिन आउछ । आवश्यक प्रकि्रया पुरा गरि सकेपछि हामी निस्कन्छौं । कलेजले मलाई सोध्छ तिमी Taxi मा जाने कि Train मा जाने यसरी College ले सोध्दा म अलमल्लमा पर्छु ता कि मलाई नै थाहा छैन के मा जादा पुगिन्छ भन्ने । मैले पैसा बाँडेर Airport भित्र सकाएको थिए । लकभक म सँग २५ रिङ्गिट मात्र थियो । म सँग भएको फोनमा पनि पैसा Airport भित्र फोन गरेर सकिसकेको थियो । त्यसपछाडि College पनि मेरो मान्छेसंग सल्लाह गर् यो । सल्लाह अनुसार के एल। सेन्ट्रलमा झर्ने सल्लाह दियो । सल्लाह अनुसार के.एल. सेन्ट्रलमा झर्ने सल्लाह दियो । त्यहि सल्लाह अनुसार Train चढेर के.एल. सेन्ट्रल आइपुगे । के.एल. सेन्ट्रलमा मेरा आफन्तहरुले मलाई पर्खिरहेका थिए । त्यसपछि म आफन्तको साथ कोताराय आइपुगे । त्यो दिनको थकाई मारेपछि भोलिपल्ट College मा गए । College ले Medical गर्ने सल्लाह दियो । मैले Medical जाँच गरे । र रिपोर्ट राम्रै आयो । मैले College मा भर्ना भए । आएको हप्तादिन देखि College जान सुरु गरे । र अहिले म नियमित College गइरहेको छु । धेरै देशका साथिहरुसँथ भेट भएको छ । भिन्न भाषा भिन्न संस्कृतिमा हुर्केका साथिहरुसँग भाषाको कारण घुलमिल हुन सकेको छैन । बोल्न चाहेपनि मन्दमुस्कानको साथ हात उठाएर हाई हल्लो गर्नु सिवाय अरु केहि गर्नुछैन ।
मलेसियाको व्यस्त शहर Kuala Lumpur को मस्जिद जमेक अवस्थित Fazley International College शान्त वातावरण रहेको पाए । जे होस अहिले मैले आफुलाई Fazley International College को पढाईले आफुलाई परिवर्तन गराउन सक्छु भन्ने आँट आएको छ ।