कति नै पो बाँच्दो रैछ चोखो माया छातीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।
मन छ भनेर नै माया उतै छाडेको थेु माया ठूलो भनेर नै जीवनसित गाभेको थेु लाखौ विन्ती गरेकै हो पुगिनछु भाँतीभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।
हृदयमा खाटा बोकी भन्दैछु म कहिले नरुनु तिमीजस्तो म भईन तिमी कहिले म नहुनु यस्तो पनि हुँदो रहेछ हाम्रो एउटै जातिभित्र बाँच्नेहरु बाँचेका छन् मात्र झुटको ताँतीभित्र ।
No comments:
Post a Comment