Friday, September 10, 2010

सत्याग्रहको १२ औं वार्षिकोत्सव र मेरो अनुभूती

सुस्मा थुलुङ राई

मलेसियामा भिषा अझै एक बर्षसम्मको थियो । तै पनि मैले नेपाल फर्कनु पर्ने अवस्था आयो । कारण बहिनीले धेरै कामहरु सम्हाल्न सकिरहेकी थिइनन् । तसर्थ छँदा छँदैको भिषा अनि मेरो मलेसियाको अध्ययनलाई पुरा नगरीकनै मैले बिचैमा छोडेर नेपाल फर्किएँ ।
जब ९ मार्च २०१० मा नेपाल फर्कने निधो गरियो । नेपाल फर्कने निधोले मेरा धेरै हितैसीहरु दुःखित भएका थिए । कारण म मलेसियमा कम्प्यूटर सम्बन्धी केही कामहरु गर्थे । हामी नेपाल फर्कने खबर थाहा पाएपछि ब्रुनाइमा रहेका विश्वासदीप तिगेला भान्जासमेत विदाईको शिलशिला पारेर मलेसिया आइपुगे । मलेसिया छोड्नुभन्दा अगाडि दाईहरु मनि राई गोठाले इन्द्र नारथुङे दिलदुःखी जन्तरे भान्जा विश्वास दीप तिगेला देवेन्द्र सुर्केली र म पेनाङ यात्रामा निस्कियौं । जहाँ हाम्रो मलेसिया बसाईको अन्तिम यात्रा पेनाङ बनेको थियो ।
क्वालालम्पुरदेखि पेनाङसम्मको रातभरको सवभन्दा लामो रेलयात्रा यहि थियो । पेनाङमा पनि उदाउँदो तारा साहित्य समाजको कार्यक्रमले हामीलाई एककिसिमको विदाईको अनुभूति गराइरहेको थियो । सुंगाईपटानीसम्मको यात्रा तय गरेपछि फर्किएकै रात एनआरएन र पत्रकार महासंघले हामीलाई रेष्टुरेण्ट द गोर्खाजमा विदाई कार्यक्रम राखेको थियो । विदाईपश्चात हामी भारी मिलाउन थाल्यौ । हाम्रो भारी मिलाउँदा मिलाउँदै पुरै रात वित्यो । बिहान चार बजे युनिक चेन्जका भीम शेरचन र एनआरएनका अध्यक्ष शंकर पौडेल हामीलाई ऐयरपोर्टसम्म छोड्न आएका थिए । त्यती बिहानै ओछ्यान छोडेर हामीलाई ऐयरपोर्टसम्म छोड्न आउनु उहाँहरुको कति महानता थियो जुन महानताप्रति हामी सधैभरि आभारी छौं ।
त्यसपछि हामी काठमाडौं आईपुग्यौं । आईपुग्ने वितिकै बहिनीले सम्हाली रहेको पत्रिका सम्हाल्न सुरु गरे सघाउन सुरु गरेको के थिएँ, उनी इमेज च्यानल टेलिभिनमा जागिर खान गइन् । बहिनी इमेज च्यानलमा गएपछि मैले उनले गरिरहेकी दुईवटा पत्रिका 'छहरा' र 'सत्याग्रह' साप्ताहिक मैले सम्हाल्नु पर्ने भयो ।
छहरा साप्ताहिकमा मैले पहिला पनि गरेको थिए काठमाडौमा 'छहरा' 'नवतलासु' मासिकमा काम गरेको थिएँ भने साथसाथै इटहरीको 'सप्तकोशीको छाल' साप्ताहिक, जनमत साप्ताहिक र एउटा दैनिक 'मेरो खबर' पत्रिकामा काम गरेको थिए । मलेसियामा मैले मंगोल भिजन साप्ताहिक र महिमा साप्ताहिक मैले गरिसकेको थिए ।
धेरै पत्रिकामा काम गर्दा ति पत्रिकाका पेजहरु प्राय म आफैले भर्नुपर्दथियो । तर सत्याग्रह मात्र यस्तो साप्ताहिक पत्रिकामा काम गर्न पुगे जहाँ चै एक शब्द पनि मैले हेर्नु पर्दैन । संस्थागत रुपमा अगाडि बढेको पत्रिका मैले पाए । जहाँ मैले टाइपिङ र ले-आउट मात्र गरे पुग्छ । अघिल्लो पत्रिकाहरुमा काम गर्दा एक जना सम्पादक र म मात्र हुन्थ्यौं तर सत्याग्रह साप्ताहिक पत्रिका भएपनि सबै विटका पत्रकारहरु छन् । जहाँ मेरो डियूटी बुधबार विहिबार र शुक्रबार रहेको छ । त्यहाँ मैले काम गरेको पनि चार महिना भै सकेछ ।
म हरेक तीन दिन सत्याग्रह साप्ताहिकलाई समय दिएर शनिवार र आइतबार छहरा साप्ताहिकलाई समय निकाल्छु । यहि साउन ३० गते आइतबार छहरा साप्ताहिक सकाउन लागि लागि रहेको थिएँ त्यहि बिचैमा सत्याग्रहको कार्यकारी सम्पादक राजेश सापकोटाले फोन गर्नुभयो मलाई यसमा डर लाग्यो बुधबार विहिबार र शुक्रबार मात्र सत्याग्रहबाट मात्र फोन आउने तर आइतबार अचानक फोन आउदा कतै केही पत्रिकामा कुनै समस्या पो आयो कि भन्ने एक किसिमको डर लाग्यो र डराउँदै फोन उठाए र उहाँले भन्नु भयो -'सुष्मा भोलि सत्याग्रह साप्ताहिकको १२ औं बार्षिकोउत्सव नगरकोटमा मनाउने योजना छ त्यहाँ चाहिँ नयाँ र पुराना कर्मचारीहरुलाई बोलाएर बार्षिक उत्सव मनाउने त्यसमा तपाई पनि उपस्थित हुनु र देवेन्द्र जीलाई पनि लिएर आउनु होला भनेर भन्नु भयो ।' उही पत्रिकाको कर्मचारी भइसकेपछि त्यहीको पत्रिकाको वार्षिकोत्सवमा जान्न पनि भन्न सकिन । फेरि काठमाडौ लामो बसेता पनि नगरकोटको यात्रा भने मैले तय गरेको थिइनँ । त्यही भएर हामीले जाने तयार गर् यौ ।
भोलिपल्ट सोमबार हामी समयमा कार्यलयमा पुग्यौ । समयमा आइपुगेता पनि काठमाडौंको जामले गर्दा हाम्रो साधन समयमा आईपुगेन ११ बजे भनेको हामी साढे बाह्रमा मात्रै बाटो लाग्न पायौं । माइक्रो रिजर्भ गरिएको रहेछ सानो माइक्रोमा ३२ जनाजति खादिएर जानुपर् र्यो । प्राय पिकनिक यस्तै किसिमको हुनाले गर्दा धेरै रमाइलो भयो । रमाईलो गरि नै नगरकोट पुगियो र सत्याग्रहको वरिष्ठ लेखक सरोज मिश्रले धेरै हसाउनु भो उहाँ चार वटा कलेजमा पढाउनु हुन्छ जहाँ फुस्रद हुनासाथ सत्याग्रहमा आएर समय बिताउनुहुन्छ ।
नगरकोट टावरदेखि केही तल नै 'नगरकोट खाजा घर' नामक एक तामाङ्नी दिदीको होटलमा हाम्रो कार्यक्रम तयारी गरिएको रहेछ । जहाँ हामी आइपुग्नुभन्दा अगाडि नै प्रधान सम्पादक सिताराम ढुंगेल र प्रवन्धक नरोज अर्याल सबै नगरकोट खाजा घरमा खानाको लागि व्यवस्था गरिसक्नु भएको थियो । हामी पुग्नेवितिकै हामीलाई खाजा आयो खाजा खाईसकेपछि हामी डाँडा अवलोकन निस्कियौं ।
म तराईमा जन्मेको मान्छे पहाड भनेपछि हुरुक्कै हुन्छ । डाँडा निस्केर दौडन मन लाग्यो तर त्यहाँको वातावरण नै त्यस्तै रहेछ जुन पन्ध्र-पन्ध्र मिनेटमै पानी पर्ने र हुस्सु लागिरहने गर्दा भनेजस्तो प्रकृतिका खानीहरु हेर्न पाइनँ प्रकृतिसँग केही रिस पनि उठ्यो त्यही पनि जसो तसो मौका छोपी फोटो खिचे । जोसै जोसमा हिलोको बाटोमा दौड प्रतियोगिता राखियो । चिम्टयाइलो हिलोमा दौडदा कस्तो होला ठीक त्यस्तै भयो सबैजना लड्न पुगे त्यो सबैभन्दा रमाइलो र हाँसोको बिषय बनेको थियो ।
थोरै सिमसिम पानी र मेरो सानो छाताको सहायतामा देवेन्द्र र म धेरै माथि-माथिसम्म घुम्न गयौं । साच्ची पहाडी इलाकामा हामीले प्राय घुमेको छैनौं सँगै पहाडी फलफूल बोटविरुवा धेरै चिन्ने मौका पाएँ मैले । कहिले नदेखेको निगालोको बोट मलाई निकै मन पर् र्यो । हाँगा भाँचेर ल्याए मेरो त्यो अवोधपनालाई धेरैले हाँसिदिए । चाहिँ कोही पहाडमा हुर्केका भने त्यो डाली देखेर लोभिए र डाली बोकेर फोटो खिच्नेको लर्को पनि लागे । सबैजना नयाँ र पुराना स्टाफ थिए देवेन्द्र मात्र कुनै स्टाप पनि थिएनन् । खासगरि खास पाहुना देवेन्द्र मात्र थियो । कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले बार्षिकोत्सव सफल पार्नको लागि एकछिन सहभागिता जनाई फर्किहाले । तसर्थ बिहानदेखि बेलुकासम्मको पाहुना देवेन्द्र मात्र भयो । उ सबैको ज्वाई बन्यो ।
सबैजना नाचिरहेका थिए । हामीलाई पनि ननाची रहन धर दिएनन् । विशेष गरि डम्बर श्रेष्ठ दाइले दश औंला जोडी विन्ति गरेपछि मैले पनि उठेर नाच्न सामेल भएँ । देवेन्द्र र म त्यो दिन खुलेर नाच्यौं पानी झमझम परिरहेको थियो । कताबाट मादल तयार पारेका रहेछन् मादलको ताल र पूर्वेली गीतले मनभित्रैबाट नाच्नमा अभिप्रेरित गरिरहेको थियो । सुरुदेखि अन्तिमसम्म सुरिलो श्वर दिइरहेका चन्द्र राई वास्तवमा गायक नै रहेछन् । राजेश सापकोटा दाइलाई दह्रो लागेछ । उनि बारम्बार टाउको बाङ्गो पारेर छेउमा आउदै -'बोर त भा छैन नी ' भन्नुहुन्थ्यो । मलाई पटक्कै बोर भा'थिएन ।
त्यसैले ुभएको छैन दाईु म भन्थे । अनि फेरि बाङ्गो परेर नाच्दै पर पर जानुहुन्थ्यो ।
बेलुकी पख लोकल कुखुराको मासुसँग खाना तयार पारिएको थियो । हामी लामबद्ध भएर खानपिनमा सामेल भयौं । खानपिनपश्चात हामीलाई लिन आउने गाडीको पर्खाइमा लाग्यौं । धेरै समयपछि आयो फर्किने बेलाको टिम मेनेजर नरोज अर्याल थिए । उनले मलाई माइक्रो अगाडिको सिटमा राख्न खोजिरहेका थिए तर हाम्रै टिमका भवानीलाई िरंगटा चलेको कारण उनले अगाडिको सिट छोड्दै छोडेनन् । मैले पनि ठूलो कर गरिनँ । साच्चै नै उनले बाटोमा वाके ।
काठमाडौंको बन्दै गरेको ६ लेनको बाटो निर्माणधिन अवस्थामा थियो । तसर्थ खल्टयाङ्ग खुल्टुङ्ग गर्दै हाम्रो माइक्रो अगाडि बढिरहेको थियो जाम लामो थियो पानी अझै रोकिएको थिएन ।
थुनिएको झ्यालले म उकुस मुकुस भएको थिए । झ्याल खोलु पानीभित्र पस्ने बन्द गरौं उकुस मुकुस हुने यो समय चै मलाई निकै गाह्रो भएको थियो । म अनायसै चिच्याएछु - नरोज दाई हामी कहाँ आइपुग्यौं अगाडि सुतिरहेका राजेश दाई उठेर बोल्नु भो हामी पुग्न लाग्यौं त्यतिकैमा ड्राइभरले भन्यो -'घर घरमा पुर् याउन सकिन्न ।' तर नरोज दाईले -'हैन पुर् याउनु पर्छु म केही ढुक्क भए ।
केहिछिन पछि हामीलाई कोठा अगाडि पुर् याइयो । हामी निस्किएर विदाइका हात हल्लायौं । धेरैजसो झुलिरहेका थिए र कतिपय ठिकै थिए- जो ठिकै थिए उनिहरुले प्रत्यूत्तरको हात उठाए । हामी कोठा आइपुग्यौं निकै थकान महसुस भैरहेको थियो । त्यही भएर बेलुकी केहि समय कम्प्यूटरमा विताउने दैनिकीलाई लत्याउँदै बेडमाथि लम्पसार पर्न पुग्यौं ।

No comments:

Post a Comment