Tuesday, January 26, 2010

गजल

रुवेन पुन मगर मलेसियाका सर्जकमध्येका एक सशक्त हस्ताक्षर हुनुहुन्छ । उनको एक गीतसंग्रह पनि प्रकाशित भएको छ । अहिले तीनजना बाग्लुङ्गे युवाहरु मिलेर संयुक्त गजल संग्रह निकाल्ने धुनमा लागेकै बेला उहाँहरुको गजल संग्रह मैले टाइप गर्ने मौका पाए । मन छुने गजलहरु थिए त्यसैकारण भाईसँग अनुमति मागेर एउटा गजल चाही मेरो ब्लगमा हालुँ कि भन्दै थिएँ तर भाईबाटै मेल आएपछि म ढुक्क साथ यो गजल प्रकाशन गर्दैछु । मेललाई पनि जस्ताको तस्तै राखेर । हेरेर प्रतिकि्रया दिनुहोला है ।
Susma Thulung Rai

दिदी नमस्कार ! आरामको आशामा ! दिदी हुन् त तपाइले पर्सनल ब्लग भन्नु भएको रहेछ तही पनि तपाईको ईच्छा र अनुमति भए यो गजल मेल गरेको छु ब्लोग्मा अपडेट गरिदिनुस् न है / आशाबादी भाई रुबेन पुन मगर
- रुबेन पुनमगर

तिमीले दे'को पहिलो, फुलको थुङ्गा याद आयो
गाँउ पारी सँगै खेल्ने, चिप्ले ढुँगा याद आयो

उकाली वराली भन्ज्यांग र देउराली धाउदा सँगै
तिमीले बजाउने मधुर धुन, मुर्चुङ्गा याद आयो

मच्छापुच्छ्रे हिमालको काखैमा फेवाताल त्यो
बिचैमा बाराही मन्दिर घुमेको, डुङ्गा याद आयो

टाढा भएर हो कि ? क्षितिजपारी परदेशमा म
ङ्गल्स्यो लाफा,यावा , मैचांग, लुङ्गा याद आयो

ङ्गल्स्यो = सोल्टिनी (गुरुङ भाषा)
लाफा = साथी (मगर भाषा)
यावा = साथी (राई भाषा)
मैचांग = कान्छी (तामाङ्ग भाषा)
लुङ्गा = दाजु भाई (लिम्बु भाषा)

बिहुँ-६ दहपानी, बाग्लुंग

No comments:

Post a Comment